एनआरएन स्पेनद्वारा स्पेनबासी नेपालीका कानुनी समस्या सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना
- Details
- Hits: 13
नेपालीका लागि नेपाली भन्ने मुल नाराकासाथ एनआरएन अगाडी बढिरहेको छ, नेपालीका समस्या समाधान गर्ने उद्धेश्यका साथ गठित एनआरएन स्पेनले नेपालीका हकहितका बिषयमा थुप्रै काम गर्दै आइरहेको यथार्थता हाम्रोसामु जिबितै छ । एनआरएन स्पेनले स्पेनमा दिनानुदिन छिमेकी देशबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आउने क्रम बढिरहेको अवस्था र भर्खरै मात्र स्पेन सरकार पनि परिवर्तन भएको अवस्थालाई ध्यानमा राख्दै स्पेनबासी नेपालीका कानुनी समस्या हल गर्ने उद्धेश्यका साथ यहि फेब्रुरी ८ तारिकका दिन यस सस्थाका अधछ्य श्री अर्जुन काफ्लेज्युको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा अतिथिकोरुपमा स्पेनका आई सी सी सदस्य श्री पुष्पराज तिमिल्सिना, यस सस्थाका निवर्तमान अधछ्य तथा सल्लाहकार श्री भीषम कुमार गुरुंग अनील¨तथा बिशेष आमंत्रित अतिथि आप्रबासी कानुन सम्बन्धी वकील मोनिका होर्ताको आतिथ्यमा सम्पन्न भएको थियो / कार्यक्रमका सभापति तथा यस सस्थाका अधछ्य श्री अर्जुन काफ्लेज्युले कार्यक्रममा आगंतुक अतिथि तथा उपस्थित नेपालीहरुमा हार्दिक धन्यवाद्का साथै भबिश्यमा स्पेनबासी नेपालीहरुमा आइपर्ने कुनैपनी समस्याहरु बिना हिचकिचाहट एनआरएन स्पेनमा राख्न अनुरोध गर्नु भएको थियो / अतिथिका रुपमा आई सी सी सदस्य श्री पुष्पराज तिमिल्सिनाज्यूले कार्यक्रम स्पेन बस्ने नेपालीहरुको लागि हितकर भएकोले कार्यक्रमका आयोजकलाइ धन्यवाद् दिदै भाबिस्यमा पनी एनआरएन स्पेनले यस्ता कार्यक्रम गर्दै जाओस भन्ने कामना गर्नुभएको थियो साथै अर्का अतिथि यस सस्थाका निवर्तमान अधछ्य तथा सल्लाहकार श्री भीषम कुमार गुरुंग अनील¨ज्यूले भाषा अनुबादकका रुपमा समन्वयकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो / बिशेष आमंत्रित अतिथि मोनिका होर्ताद्वारा स्पैनको आप्रबसी कानूनका बारेमा जानकारी तथा उपस्थित नेपालीहरुको क़ानूनी जिज्ञासाको उत्तर दिनुभएको थियो / कार्यक्रममा करीब १०० जनाको उपस्थिति रहेको थियो भने अन्तमा यस सस्थाका अधछ्य श्री अर्जुन काफ्लेज्युद्वरा बिशेस आमंत्रित अतिथि मोनिका होर्ता, अतिथि स्पेनका आई सी सी सदस्य श्री पुष्पराज तिमिल्सिना यस सस्थाका निवर्तमान अधछ्य तथा सल्लाहकार श्री भीषम कुमार गुरुंग अनील तथा कार्यक्रम सफल पार्न बिशेष सहयोग गर्नुहुने सस्थाका उपाधाछ्य श्री प्रकाश तिमिल्सिना , कोशाधाछ्य श्री केदार दुंगना तथा अन्य सदस्यहरु श्री प्रकाश अधिकारी, श्रीरामचन्द्र भट्ट, बेदराम कंडेल तथा उपस्थित सबैलाई धन्यवाद् ज्ञापन गर्नुभएको थियो /


एन आर एन स्पेन को नियमित बैठक सम्पन्न 04 December 2011
- Details
- Hits: 86
गैर आबासीय नेपाली संघ रास्ट्रीय समन्यन समितिको स्पेन को मासिक बैठक यहि डिसेम्बर ४ तारिक आइतबारका दिन समितिका अध्यक्ष श्री अर्जुन प्रसाद काफ्ले को अध्यक्षता र महासचिब श्री बिष्णु रिजालको संचालन मा सम्पन्न भएको छ |निबर्तमान आ सी सी सदस्य श्री रामलाल कंडेल ज्यु लाइ कार्यकाल सम्पन्न गरेको सम्मानमा मा बिदाइ तथा बधाई र बर्तमान आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना को स्वागत गरिएको थियो |निबर्तमान आइ सी सी श्री रामलाल कंडेल ज्यु ले आफ्नो अनुभब , सस्था स्थापना देखिको आफ्नो लगाब र नेतृत्व तथा एन आर एन सस्था संग आफ्नो सामिप्यता गहिरो रहेको जनाउदै बर्तमान कार्य समिति तथा यहाको प्रतिनिधित्व गर्ने आइ सी सी सदस्य ज्यु को कार्यकाल सफलताको लागि शुभकामना दर्शाउनु भएको थियो | काठमांडू मा सम्पन्न अन्तरास्ट्रिय सम्मेलन सम्बन्धि भएका बिबिध निर्णय हरु बारे अधक्ष्य श्री अर्जुन काफ्ले , आइ सी सी सदस्य श्री पुस्पराज तिमिल्सिना , श्री एकराज गिरी तथा कोषाध्क्षमा श्री केदार ढुंगाना ले ब्रिफिंग गर्दै अन्य सम्भाबना बारे आ- आफ्ना राए राख्नु भएको थियो |
एन आर एन आइ सी सी का अध्यक्ष श्री जिबा लामिछाने ज्यु भर्खरमात्र प्रधानमन्त्री को आर्थिक सल्लाहकार काउन्सिल मा मनोनयन हुनु भएको मा बधाई दिदै उहाको कार्यकालमा आर्थिक समुन्नतिको बाटो पहिल्याउन सहयोगी होस् भन्दै कार्यसमितिले शुभेच्छा प्रकट गर्यो |साथै उक्त बैठकले रास्ट्रीय समन्यन समिति स्पेन का लागि अनुशासन , मुल्यांकन ,संगठन बिस्तार ,कल्याणकारी कोष संचालन सम्बन्धि श्री बिष्णु रिजाल संयोजक र कृष्ण प्रसाद खनाल रहेको दुइ सदस्यीय नियमावली तथा बिधान संशोधन मस्यौदा समितिले प्रस्तुत गरेको नियमावली छलफल पस्चात पास गर्दै संगठन बिस्तार समिति को सदस्यमा श्री चिन्तामणि सापकोटा ज्यु लाइ राख्ने निर्णय गर्यो |उक्त बैठकमा आशन्न महिला कन्फरेन्स , क्षत्रिय मिटिंग को बारेमा पनि छलफल गरिएको थियो |बैठक मा सल्लाहकार ज्युहरु , अन्तरास्ट्रिय युवा प्रतिनिधि श्री प्रकाश अधिकारि ज्यु ,जन सम्पर्क समिति का अधक्ष्य श्री एकराज गिरी ज्यु , लोकतान्त्रिक मंच का प्रतिनिधि श्री दिनेश गुरुङ ज्यु , तमु समाज का अध्यक्ष श्री ओमार गुरुङ ज्यु को पनि उपस्थिति थियो |
अन्तरास्ट्रिय सम्मेलन मा स्पेन को तर्फबाट उत्साहप्रद भाग लिने सम्पूर्ण साथीहरु , निर्बाचन प्रक्रिया को टिम बसी बिशेस सहयोग गर्नु हुने कार्य समितिका सदस्य रमेश ज्ञवाली ज्यु लाइ धन्यबाद दिने प्रस्ताब पास गर्दै खुल्ला बि. पि . कप भलिबल प्रतियोगितामा एन आर एन स्पेन लाइ दोस्रो स्थानमा पुर्याउन सफल खेलाडी मित्रहरु श्री प्रदिप कंडेल ,श्री गोपाल रेग्मी ,श्री राजु थापा ,श्री तारा गुरुङ ,श्री प्रबिन श्रेष्ठ ,तथा नबिन गुरुङ लाइ कार्य समितिको तर्फ बाट धन्यबाद दीइएको थियो |
बिष्णु रिजाल
महासचिब
एन आर एन स्पेन
एन आर एन स्पेन को मासिक बैठक सम्पन्न
- Details
- Hits: 312
गैर आबासीय नेपाली रास्ट्रीय समन्यन समितिको बैठक ४ सेप्टेम्बर आइतबारका दिन स्पेनको बार्सिलोना मा सम्पन्न भएको छ | समिति का अध्यक्ष श्री अर्जुन प्रसाद काफ्लेको अध्यक्षता बसेको उक्त बैठक ले विभिन्न निर्णय हरु गरेको छ |बिधान अनुसार मनोनित चार सदस्यहरु श्री रमेश ज्ञवाली ,श्रीराम चन्द्र भट्ट ,बरिस्ट कलाकार श्री अजय लोपचन , बिद्यार्थी को तर्फ बाट श्री शन्तोष गौचन लाइ कार्यसमितिको बैठक ले अनुमोदन गर्यो |सस्थाको पुर्ब निर्णय अनुसार गत १९ अगस्त मा नेपाली समुदायका बिबिध समस्या हरु लिएर नेपालि दुताबास पेरिसमा गएको डेलिगेसन का बिबिध पक्ष हरु बारेमा एन आर एन डेलिगेसन संयोजक श्री एकराज गिरी ज्यु बाट ब्रिफिंग गरिएको थियो | साथै सो बैठक ले बिजया दसमी तथा दिपावली २०६८ को पाबन अबसरमा समग्र देशबाशी वा प्रबाशी नेपाली हरुमा हार्दिक शुभकामना व्यक्त गर्दै स्पेनको बार्सिलोनामा भेटघाट तथा बिबिध सास्कृतिक कार्यक्रम को आयोजना गर्ने निर्णय गर्यो |काठमाण्डौ मा हुनगैरहेको अन्तर्रास्ट्रिय सम्मेलन लाइ सफल बनाउन स्पेन का तर्फ बाट अधिकतम प्रनिधित्व गराउने तथा आर्थिक सहयोग गर्ने पनि निर्णय गर्दै सो सम्मेलन सम्बन्धि स्पेनको तर्फा बाट हुनु पर्ने र हुन सक्न्ने बिबिध बिषय हरुमा छलफल भएको थियो | सो सम्मेलन मा भाग लिन चाहने स्पेनबासी नेपाली साथि हरुले यथासिघ्र सम्पर्क राख्न अनुरोध गरिएको छ|
सेप्टेम्बर १२ तारिक का दिन जन सम्पर्क समितिको आयोजनामा हुन गैरहेको बि.कप .भलिबल प्रतियोगितामा सहभागिता जनाउने र सो सम्बन्धि सबै तारतम्य मिलाउन संघ का सचिब प्रदिप कंडेल ज्यु लाइ जिम्मा दिएको छ |साथै सो बैठक मा बिश्व गैर सरकारी सस्था महासंघ संग एन आर एन स्पेन को सहकार्य ,सहभागिता सम्बन्धि भएका बिबिध प्रगति को बारेमा सस्थाका अध्यक्ष ज्यु ले ब्रिफिंग गर्नु भएको थियो |
बिष्णु रिजाल
महासचिब
