NRN - Spain

Non Resident nepali in spain

एन आर एन स्पेन को मासिक बैठक सम्पन्न

गैर आबासीय नेपाली रास्ट्रीय समन्यन समितिको बैठक ४ सेप्टेम्बर आइतबारका दिन  स्पेनको बार्सिलोना मा सम्पन्न भएको छ | समिति का अध्यक्ष श्री अर्जुन प्रसाद काफ्लेको अध्यक्षता बसेको उक्त बैठक ले विभिन्न निर्णय हरु गरेको छ |बिधान अनुसार  मनोनित चार सदस्यहरु श्री रमेश ज्ञवाली ,श्रीराम चन्द्र भट्ट ,बरिस्ट कलाकार श्री अजय लोपचन , बिद्यार्थी को तर्फ बाट श्री शन्तोष गौचन लाइ  कार्यसमितिको बैठक ले अनुमोदन गर्यो |सस्थाको पुर्ब निर्णय अनुसार गत १९ अगस्त मा नेपाली समुदायका बिबिध समस्या हरु लिएर नेपालि दुताबास पेरिसमा गएको डेलिगेसन का बिबिध पक्ष हरु बारेमा एन आर एन डेलिगेसन  संयोजक श्री एकराज गिरी ज्यु बाट ब्रिफिंग गरिएको थियो  | साथै सो बैठक ले बिजया दसमी  तथा  दिपावली २०६८  को पाबन अबसरमा समग्र देशबाशी वा प्रबाशी नेपाली हरुमा हार्दिक शुभकामना व्यक्त गर्दै स्पेनको बार्सिलोनामा भेटघाट तथा बिबिध सास्कृतिक कार्यक्रम को आयोजना गर्ने निर्णय गर्यो  |काठमाण्डौ मा हुनगैरहेको अन्तर्रास्ट्रिय सम्मेलन लाइ सफल बनाउन   स्पेन का तर्फ बाट अधिकतम प्रनिधित्व गराउने तथा आर्थिक सहयोग गर्ने पनि निर्णय गर्दै सो सम्मेलन सम्बन्धि स्पेनको तर्फा बाट हुनु पर्ने र हुन सक्न्ने बिबिध बिषय हरुमा छलफल भएको थियो | सो सम्मेलन मा भाग लिन चाहने स्पेनबासी नेपाली साथि हरुले यथासिघ्र सम्पर्क राख्न अनुरोध गरिएको छ|
सेप्टेम्बर १२ तारिक का दिन जन सम्पर्क समितिको आयोजनामा हुन गैरहेको बि.कप .भलिबल प्रतियोगितामा सहभागिता जनाउने र सो सम्बन्धि सबै तारतम्य मिलाउन  संघ का सचिब प्रदिप कंडेल ज्यु लाइ जिम्मा दिएको छ |साथै सो बैठक मा बिश्व गैर सरकारी सस्था महासंघ संग  एन आर एन स्पेन
को सहकार्य ,सहभागिता सम्बन्धि भएका बिबिध प्रगति को बारेमा सस्थाका अध्यक्ष ज्यु ले ब्रिफिंग गर्नु भएको थियो |


बिष्णु रिजाल
महासचिब

You are here: Home Nrn Nrn News एन आर एन स्पेन को मासिक बैठक सम्पन्न